भारत तोड्यो पाकिस्तान विरुद्धको रेकर्ड

                                भारत तोड्यो पाकिस्तान विरुद्धको रेकर्ड

साउन १४ – श्रीलंकासँगको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी भएको छ । ५ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका चौथो दिन शनिबार नै २ सय ४५ रनमा अलआउट भएपछि भारत ३ सय ४ रनले विजयी भएको हो । भारतले दोश्रो पालीमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएकोस्थितिमा पाली समाप्तीको घोषणा गरेको थियो । भारतले  पहिलो पालीमा ६ सय रन बनाएको थियो । श्रीलंकाले भने पहिलो पालीमा २ सय ९१ र दोश्रो पालीमा २ सय ४५ रन मात्रै बनाउन सक्यो ।
  
श्रीलंकासँगको जित भारतले घरेलु मैदानभन्दा बाहिर धेरैको अन्तरमा जितेको खेल हो । यसअघि बाहिरी देशमा खेलेको टेष्टमा भारत सन् १९९४ मा पाकिस्तानसँग ३ सय १ रनले विजयी भएको थियो । पाकिस्तानविरुद्धको रेकर्ड तोड्दै शनिबार भारत श्रीलंकासँग ३ सय ४ रनले विजयी भएको हो ।  शनिबारको जितसँगै तीन टेष्टको श्रृखंलामा भारत अघि भएको छ । दोस्रो टेष्ट आउँदो १९ गतेबाट सुरु हुनेछ । भारत र श्रीलंकाबिच ५ एक दिवसीय र एक ट्वेन्टी ट्वेन्टी खेल हुनेछ ।