खेतीयोग्य जमिनमा अमिलोपन वा एसिड बढ्दै

                 खेतीयोग्य जमिनमा अमिलोपन वा एसिड बढ्दै 

  अन्नबाली उत्पादनका लागि प्रमुख क्षेत्र मानिएका पूर्वी तराईका करीब ६० प्रतिशत खेतीयोग्य जमिनमा अमिलोपन वा एसिड बढ्दै गएको क्षेत्रीय माटो परीक्षण प्रयोगशालाले जानकारी दिएको छ ।

 

माटोमा अम्ल वर्षौंदेखि क्रमश: बढ्दै गएको माटो परीक्षण प्रयोगशालाका प्राविधिकहरुले बताएका छन् ।
माटोमा अम्ल बढ्नाले उत्पादनमा ह्रास आउने कृषि विज्ञहरु बताउँछन्।
माटोमा अम्लको मात्रा घटाउन तुरुन्त उपाय अपनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।

गाह्रो 

झापा, मोरङ तथा सुनसरी अन्न उत्पादनका लागि मुख्य जिल्लाहरु मानिन्छन्।
तर यी जिल्लाका अधिकांश खेतीयोग्य जमिन अम्लीय बन्दै गएको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्राविधिक सहायक राजेन्द्रप्रसाद यादवले बताए ।
उनले भने, 'पूर्वका ६० देखि ६५ प्रतिशत माटो अम्लीय छ, अनेक बालीका लागि आफ्नै पीएच मान हुन्छ र त्यो कम हुँदा बाली बिरुवाको बृद्धि त्यति राम्रो हुँदैन्।'

'पीएच' भनेको अम्लपन नाप्ने इकाइ हो।  उनले बर्षेनी पाँच प्रतिशतका दरले माटो अम्लीय बन्दै गएको जानकारी दिए।

विभिन्न बालीका लागि चाहिने माटोको पीएच मान चाहिएजस्तो नभएको यादवले बताए।
जब माटो अम्लीय बन्दै जान्छ तब बाली उत्पादनका लागि चाहिने पीएच मान माटोमा नरहने कृषि प्राविधिकहरु बताउँछन्।
पूर्वका व्यवसायिक किसान खेतीयोग्य जमिनको माटो परीक्षणका लागि प्रयोगशालामा लिएर जाने गरेका छन्।
कुनै बेला प्रयोगशालाका प्राविधिक खेतमै गएर माटो परीक्षण गर्ने गरेका छन्।

खतरा

प्राविधिकहरुका अनुसार तराईमा माटो अम्लीय बन्दै जाने जति समस्या छ त्यति पहाडमा छैन।
कारणबारे क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका प्राविधिक सहायक यादवले भने, 'पहाडमा खेती गर्ने जमिन कम हुन्छ। तराईमा एक जना किसानकै धेरै जग्गा हुन्छ। फेरि पहाडमा जैविक मलको प्रयोग तराईको तुलनामा बढी नै हुन्छ।'
माटो परीक्षण प्रयोगशालाको रिपोर्टको आधारमा कृषि विकास कार्यालयहरुले माटोको अम्लपन बढ्दाका खतराका बारेमा जानकारी गराउन थालिएको कृषि विकास कार्यालयहरुले जनाएका छन् ।
कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीले भने, 'माटो परीक्षण प्रयोगशालाकै रिपोर्टको आधारमा हामीले किसानलाई यसपाली माटो सुधार्नका लागि धेरै कृषि चुन उपलब्ध गराएका छौं।'
माटो अम्लीय बन्दै जाँदा अन्नबाली उत्पादन घट्ने कृषि विज्ञहरु बताउँछन्।


  


तराईका जिल्लामा माटो अम्लीय बन्ने समस्या उच्च रहेको छ

नाग पन्चमी को पुजामा सिद्धबाबा

                                हेरनुहोस बादर को रमिता