Get a €500 M&S Gift Card!

Get a €500 M&S Gift Card!

Dangerous Roads In Nepal

कुनै पनि नेपाली चलचित्र रिलिज नभएपछि ‘प्रेमगीत २’ यो साता पनि जम्ने

कुनै पनि नेपाली चलचित्र रिलिज नभएपछि ‘प्रेमगीत २’ यो साता पनि जम्ने 


गत  शुक्रबारबाट देशभर एकसाथ प्रर्दशनमा आएको चलचित्र ‘प्रेमगीत २’ आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ।पहिलो साताबाट ४ करोडको ग्रस कलेक्सन गरेको चलचित्र प्रेमगीता – २’ले दोश्रो सातासम्म आइपुग्दा पनि दर्शकको राम्रो साथ पाएको चलचित्रका निर्माता सन्तोष सेनले बताए ।
समिक्षकको मिश्रित प्रतिक्रिया पाएपनी चलचित्रले साउन १३ गतेबाट नै राम्रो व्यापार गरेको छ ।
प्रदिप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत २’ बाहेक यो साता कुनै पनि नेपाली चलचित्र रिलिज भएका छैनन् ।प्रेमकथामा आधारीत चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहेको छ । निर्माता सेनले प्रेमगीत रिलिज गर्नु अघि नै दिपेन्द्र सरकार नामक चलचित्र निर्माणको घोषणा गरिसकेका छन् ।

साथीको प्रगति देख्न नसकेपछि बालकको अपहरण गरेँ राजु

साथीको प्रगति देख्न नसकेपछि बालकको अपहरण गरेँ राजु


पाँच वर्षे बालक अपहरण गर्ने राजु विश्वकर्मा पक्राउ परेका छन् । प्रहरीले उनलाई उदयपुरको गाईघाटबाट पक्राउ गरेको हो ।क्षेत्रपाटीबाट अपहरणमा परेका साढे ५ वर्षका बालक विशाल चौधरीलाई गएको सोमबार प्रहरीले भक्तपुरको काडाँघारीबाट सकुशल उद्धार गरेको थियो ।
महानगरीय अपराध महाशाखाको टोलीले बालक अपहरणको १० औं दिन अपहरणका मुख्य योजनाकारसहित १० जनालाई नै पक्राउ गरेर सार्वजनिक गरेको छ ।
 पक्राउ पर्नेमा बालकका बुबाका बाल्यकालदेखिका साथी राजु विश्वकर्मा र उनका साथी विष्णु पाण्डे छन् । विश्वकर्मा रामेछापको मन्थली नगरपालिका-१२ का हुन् । उनी बिशालका बुबा विजयका साथी हुन् । उनले बालक अपहरण गर्नको कारण साथीको प्रगति देखेर डाहा लागेकाले अपपरहण गरेको प्रहरी समक्ष बयान दिएका छन् । उनीहरुलाई पक्राउ गरी अपराध महाशाखाले शनिबार सार्वजनिक गरेको हो । छोरा अपहरण गरेको बेला पनि बिक र र बालकको बुबा विजय सँगै थिए । उनी बालक अपरहण भएको भन्दै अब स्कुल नै जलाउनु पर्छ भन्दै विजयलाई उकास्ने गर्थे । अपहरणकारीको सिसी टिभि फुटेज हेर्दा चिनजानकै मान्छे देखेपछि प्रहरीले बिकलाई शंका गरी अनुसन्धान गरेको थियो । पछि भिनाजु पर्नेको मोबाइलबाट बिकले फोन गरी ५० लाख मागेका थिए । पछि उनी मोबाइल अफ गरी फरार भएका थिए । अपहरणमा सहयोग गरेका पाण्डेले आफ्नी दिदीको गोठाटारको घरमा लगेर बालकलाई राखेका थिए । उनीहरुले विजयसँग पैसा असुल्ने र बाँड्ने योजना बनाएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख तथा एसएसपी दिनेश अमात्यले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । प्रहरीले बालकको खोजी तीव्र पारेपछि उनीहरु सोमबार बालकलाई काँडाघारीमा छाडेर वेपत्ता भएका थिए । वेपत्ता भएका उनीहरुको मोबाइल ट्याक प्रहरीले गरेको थियो । बेला बेलामा मोबाइल अन गर्ने र कुरा सकिएपछि अफ गर्ने गर्थे । मोबाइल ट्याकबाटै उनीहरुको लोकेशन पत्ता लगाएपछि अपराध महाशखाको प्रहरीको टोली उदयपुर हान्निएको थियो ।  र महाशाखाबाट गएको प्रहरी टोली, रामेछाप र उदयपुर प्रहरी मिलेर बिक र पाण्डेलाई पक्राउ गरिएको हो । पक्राउ परेका बिकले साथीको प्रगति गरेको देख्न नसकेपछि अपहरण गरेको बताएका छन् । विजय र बिक कक्षा १ देखिका साथी हुन् । सँगै पढेको साथीले यसरी आफ्नो छोरो अपहरण गर्ला भनेर आफैले सोच्न समेत नसकेको बालकका बुबा विजयले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अपहणकारी पक्राउ पर्नुमा बालकले दिएको बयान पनि महत्वपूर्ण भएको प्रहरीले जनाएको छ । बालकले दिएको लोकेशन अनुसार धेरै सफलता मिलेको प्रहरीले बतायो । बालकको बयान अनुसार विकका आफन्त ९ जनाको घरमा गएरसमेत प्रहरी अनुसन्धान गरेको थियो ।  

हेर्नुहोस् एउटा घोडा को बल १६ जना मानिस् लाई बोकेर यो गती