जान्नुहोस् बाँदरबारे रोचक तथ्य


     

       जान्नुहोस् बाँदरबारे रोचक तथ्य               




झन्डै ३० लाख वर्षअघि मानिस र बाँदर छुट्टिँदै गए । पुच्छर नभएका चिम्पान्जी बाँदर र मानिसबीच ९८ प्रतिशत स्वभाव मिल्छ । उसले बोल्न जानेको भए मानिसभन्दा बुद्धिमानी ठहरिने अनुमान गरिएको छ । बाँदरमध्ये पुच्छर नभएका सबैभन्दा चलाख हुन्छन् । चिन्पान्जीले टीभी हेर्ने, कम्प्युटर चलाउने, आफूलाई मन पर्ने च्यानल हेर्ने र पेन्टिङसमेत गर्ने गर्छन् । पुच्छर नभएका बाँदरमा उल्लिखित क्षमता भए पनि घर बनाएर बस्नुपर्छ भन्ने चेतना विकास भएको छैन । 

नेपाली समाजमा बाँदरलाई सकारात्मक दृष्टिले हेरिँँदैन । तर, कतिपय अवस्थामा मानिसभन्दा बाँदर बुद्धिमानी देखिन्छन् । त्यो उसको क्षमता र विशेषता हो । ‘बाँदरले कहिल्यै बलात्कार गर्दैन,’ बाँदरमा विद्यावारिधि गरेका डा. मुकेश चालिसेले सुनाए, ‘भाले बाँदरले पोथी बाँदर महिनावारी भएको गन्धबाट थाहा पाउँछ । उसले उमेर पुगेपछि र बच्चा जन्माउने क्षमता विकास भएपछि मात्रै यौनसम्पर्क गर्छ ।’ 
बाँदर मानिसजस्तै विकृत छैनन् । डा. चालिसेको बुझाइ छ, ‘मानिसको सोच्ने क्षमता बढी छ । उसले त्यो क्षमता गलत काममा प्रयोग गर्न पनि सक्छ । तर, बाँदरले त्यसो गर्दैनन् । उसले केवल खानका लागि किसानका खेतबारीसम्म पुग्छन् । त्यतिबेला बाँदरले अन्नबाली नष्ट गर्यो भनिन्छ । उसले पनि खान त पर्यो ।’बाँदरले मानिसजस्तो आफ्नो समूहमा बदमासी गर्दैन । गरिहालेमा सम्बन्धित समूहबाट निकालिन्छन् । जंगलमा कहिलेकाहीं एक्लै देखिएका बाँदर बदमासी गरेर कारबाहीमा परेका हुन् भनेर बुझ्न सकिन्छ । ‘समूहबाट निकालिएका प्रायः बाँदर भाले हुन्छन् । पोथी बाँदरले वंश कहिल्यै छाड्दैन,’ बाँदरविद् चालिसेले भने, ‘भाले बाँदर दुई कारणले समूह छाड्नुपर्छ । पहिलो, बदमासी गरेर । दोस्रो, आफ्नै वंशमा हाडनाता करणी हुन्छ भनेर समूहबाट बाहिरिन्छन् ।

सम्बन्धित समूहबाट निकालिएपछि उसलाई पुनः समूहमा भित्र्याइँदैन । भित्र्याइहालेमा ऊ अशक्त÷यौनसम्पर्क गर्न नसक्ने भएपछिमात्रै । डा. चालिसेको दाबी छ, ‘उसले समूहमा अन्तर्घात गर्दैन । शत्रुसँग लड्दा केटाकेटी, किशोरदेखि वृद्धवृद्धासम्म लागिपर्छन् । शत्रुसँग लड्दा सबैभन्दा अग्रपंक्तिमा किशोर, त्यसपछि बूढाबूढी र अन्तिममा बच्चाबच्चीसमेत हुन्छन् ।’ 

भाले चिन्पान्जीले दुःख दियो भने पोथीले छाडिदिन्छिन् । बाँदरविद् चालिसेले भने, ‘भालेले फकाउँदा पनि मन फर्केन भने पोथी पोइल जान्छिन् ।’ तर गिप्पन बाँदरले भने चरा, परेवाजस्तै दिदीभाइ, दाजुबहिनीबीच यौनसम्पर्क गर्छन् । 

मांसाहारी र साकाहारी दुवै प्रकृतिका बाँदर प्राकृतिक अनुशासनमा रहन्छन् । यौनसम्र्क गर्ने, खानेकुरा खोज्ने, बास बस्ने समय निर्धारण उनीहरू आफैं गर्छन् । जस्तो लंगुर बाँदर चार÷पाँच बजेपछि बास खोज्न थाल्छन् । बूढी बाँदर्नीले बाटो देखाउँदै लैजाने र यो ठाउँ उपयुक्त होला कि भनेर सुझाउँछिन् । आफू बसेको छेउछाउ कोही छन् कि छैनन् भनेर रातो बाँदर राति ११ बजेसम्म खोक्ने गर्छन् । त्यस्तै पहरे बाँदर कोही पुग्न नसक्ने ठाउँमा झुन्डिएर गई बास बस्ने गर्छन् ।

अपवादबाहेक बाँदरका खानेकुरा मानिसले खान सक्छन् । बाँदरले खाने अधिकांश खानेकुरामा प्रोटिन हुन्छ । उसले खिर्रो र भलायो पनि पचाउँछ । बाँदरको पेटमा वनस्पतिजन्य पदार्थ खाँदा पचाउने कीरा हुन्छ । 

बाँदर र मानिस भनेको हाम्रा हातजस्तै हुन् । नेपालमा तीन प्रजातिका बाँदर पाइन्छन् । संसारभरि २३४ प्रजातिका बाँदर अस्तित्वमा छन् । त्यसमध्ये पाँच प्रजातिकाका पुच्छर छैन । पाँचमध्ये नेपालमा एउटा प्रजातिमात्रै पाइन्छ । 
कहिलेकाहीं रातो बाँदरले चम्ल्याहासम्म बच्चा जन्माउँछन् । प्रत्येक १० हजारमा एउटा जुम्ल्याहा जन्मन सक्छन् । डा. चालिसेका अनुसार, जुम्ल्याहा भएमा आमाको दूधले पुग्दैन । आमालाई बच्चा बोक्न पनि त्यत्तिकै समस्या हुन्छ । 

बाँदरको जन्मान्तर दुई/अढाई वर्षको हुने भए पनि काठमाडौंको पशुपतिनाथ र स्वयम्भूका बाँदरले अप्राकृतिक खानेकुरा खाने भएकाले ६/६ महिनामा बच्चा जन्माउँछन् । उनीहरूले आइसक्रिम, कोकाकोला र फ्रुटीसमेत खाएको हामीले देखेका छौं । ‘बाँदर गर्भवती हुँदा माटो खाने गर्छिन् । बाँदरलाई टीबी हुन्छ । मानिसले बाँदरलाई टीबी सारेका हुन्,’ दुई हजार बाँदर गणना गरिसकेको चालिसेको अध्ययनले भन्छ, ‘बाँदरलाई एसआईभी हुन्छ । उसलाई जुका पर्छ, आँखा फुलो पर्छ, पोथी बाँदरको आङ खस्छ । २६ देखि २८ दिनमा हुने भए पनि कुनै/कुनै बाँदरको ४० दिनमा महिनावारी हुन्छ ।

टेलिकमले ल्यायो फोन उठाउँदा बोनस पाइने अफर

 टेलिकमले ल्यायो  फोन उठाउँदा बोनस पाइने अफर

काठमाडौं–नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ ।
 अफर अनुसार टेलिकमले  विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ । यो अफर भोलिदेखि लागू  भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् । 

यस्तै टेलिकमले १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक रु. १००० मा उपलब्ध गराउने अफर पनि ल्याएको छ ।  पहिले मासिक १०१७ मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो । 
त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि रु. १९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटा रु. ३००– मै उपलब्ध हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 त्यसैगरी २५ जीबी डाटाको रु. ५०० र ४० जीबीको डाटाको मूल्य रु. ७००  तोकिएको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ । 
त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक रु. ५०० भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. २०० र अनलिमिटेड डाटाको लागि रु. ३००  दर्ता शुल्क तोकिएको छ । 
यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।  सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।  त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।   

nepali funey teej song

                         new nepali funey teej song 2074



२ वटा लिङ्ग भएको बच्चा जन्मिए पछि

            २ वटा लिङ्ग भएको बच्चा जन्मिए पछि 


का ठमाडौं गौसालाको एक साधारण ब्यापारि धिरज श्रेष्ठ को घरमा 42 बर्समा बल्ल बल्ल एउटा सन्तान भएको खुशी सगै २ वटा लिङ्ग भएको बच्चा जन्मिए पछि झन अर्को चिन्तामा डुबेको छ आज यो बच्चा लाई सल्यक्रिया को लागि भारत को नयाँ दिल्ली स्थित अल ईन्डिया AIMS एसियाकै ठुलो हस्पिटल मा आज दिउसो 3: 30 pm बजे सल्यक्रिया हुदैछ   
उहाँको त्यो बच्चाको लागि सबैले प्रथना गरिदिनु होला अनि धेरै भन्दा धेरै #सेयर गरिदिनु होला तपाईंको एक सेयर मा के जान्छ तर बच्चा लाई हजारौं प्राथना मिल्नेछ उहाको बाबा धिरज श्रेष्ठ भन्नू हुन्छ सायद मेरो छोरालाइ 100 मिलिवन प्राथना पाए सफल हुने थियो भन्नू हुन्छ 
धन्यवाद ।
               
                                               हिमाल पहाड तराई कोहि छैन पराई

भारत तोड्यो पाकिस्तान विरुद्धको रेकर्ड

                                भारत तोड्यो पाकिस्तान विरुद्धको रेकर्ड

साउन १४ – श्रीलंकासँगको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी भएको छ । ५ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका चौथो दिन शनिबार नै २ सय ४५ रनमा अलआउट भएपछि भारत ३ सय ४ रनले विजयी भएको हो । भारतले दोश्रो पालीमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएकोस्थितिमा पाली समाप्तीको घोषणा गरेको थियो । भारतले  पहिलो पालीमा ६ सय रन बनाएको थियो । श्रीलंकाले भने पहिलो पालीमा २ सय ९१ र दोश्रो पालीमा २ सय ४५ रन मात्रै बनाउन सक्यो ।
  
श्रीलंकासँगको जित भारतले घरेलु मैदानभन्दा बाहिर धेरैको अन्तरमा जितेको खेल हो । यसअघि बाहिरी देशमा खेलेको टेष्टमा भारत सन् १९९४ मा पाकिस्तानसँग ३ सय १ रनले विजयी भएको थियो । पाकिस्तानविरुद्धको रेकर्ड तोड्दै शनिबार भारत श्रीलंकासँग ३ सय ४ रनले विजयी भएको हो ।  शनिबारको जितसँगै तीन टेष्टको श्रृखंलामा भारत अघि भएको छ । दोस्रो टेष्ट आउँदो १९ गतेबाट सुरु हुनेछ । भारत र श्रीलंकाबिच ५ एक दिवसीय र एक ट्वेन्टी ट्वेन्टी खेल हुनेछ । 

खेतीयोग्य जमिनमा अमिलोपन वा एसिड बढ्दै

                 खेतीयोग्य जमिनमा अमिलोपन वा एसिड बढ्दै 

  अन्नबाली उत्पादनका लागि प्रमुख क्षेत्र मानिएका पूर्वी तराईका करीब ६० प्रतिशत खेतीयोग्य जमिनमा अमिलोपन वा एसिड बढ्दै गएको क्षेत्रीय माटो परीक्षण प्रयोगशालाले जानकारी दिएको छ ।

 

माटोमा अम्ल वर्षौंदेखि क्रमश: बढ्दै गएको माटो परीक्षण प्रयोगशालाका प्राविधिकहरुले बताएका छन् ।
माटोमा अम्ल बढ्नाले उत्पादनमा ह्रास आउने कृषि विज्ञहरु बताउँछन्।
माटोमा अम्लको मात्रा घटाउन तुरुन्त उपाय अपनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।

गाह्रो 

झापा, मोरङ तथा सुनसरी अन्न उत्पादनका लागि मुख्य जिल्लाहरु मानिन्छन्।
तर यी जिल्लाका अधिकांश खेतीयोग्य जमिन अम्लीय बन्दै गएको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्राविधिक सहायक राजेन्द्रप्रसाद यादवले बताए ।
उनले भने, 'पूर्वका ६० देखि ६५ प्रतिशत माटो अम्लीय छ, अनेक बालीका लागि आफ्नै पीएच मान हुन्छ र त्यो कम हुँदा बाली बिरुवाको बृद्धि त्यति राम्रो हुँदैन्।'

'पीएच' भनेको अम्लपन नाप्ने इकाइ हो।  उनले बर्षेनी पाँच प्रतिशतका दरले माटो अम्लीय बन्दै गएको जानकारी दिए।

विभिन्न बालीका लागि चाहिने माटोको पीएच मान चाहिएजस्तो नभएको यादवले बताए।
जब माटो अम्लीय बन्दै जान्छ तब बाली उत्पादनका लागि चाहिने पीएच मान माटोमा नरहने कृषि प्राविधिकहरु बताउँछन्।
पूर्वका व्यवसायिक किसान खेतीयोग्य जमिनको माटो परीक्षणका लागि प्रयोगशालामा लिएर जाने गरेका छन्।
कुनै बेला प्रयोगशालाका प्राविधिक खेतमै गएर माटो परीक्षण गर्ने गरेका छन्।

खतरा

प्राविधिकहरुका अनुसार तराईमा माटो अम्लीय बन्दै जाने जति समस्या छ त्यति पहाडमा छैन।
कारणबारे क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका प्राविधिक सहायक यादवले भने, 'पहाडमा खेती गर्ने जमिन कम हुन्छ। तराईमा एक जना किसानकै धेरै जग्गा हुन्छ। फेरि पहाडमा जैविक मलको प्रयोग तराईको तुलनामा बढी नै हुन्छ।'
माटो परीक्षण प्रयोगशालाको रिपोर्टको आधारमा कृषि विकास कार्यालयहरुले माटोको अम्लपन बढ्दाका खतराका बारेमा जानकारी गराउन थालिएको कृषि विकास कार्यालयहरुले जनाएका छन् ।
कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीले भने, 'माटो परीक्षण प्रयोगशालाकै रिपोर्टको आधारमा हामीले किसानलाई यसपाली माटो सुधार्नका लागि धेरै कृषि चुन उपलब्ध गराएका छौं।'
माटो अम्लीय बन्दै जाँदा अन्नबाली उत्पादन घट्ने कृषि विज्ञहरु बताउँछन्।


  


तराईका जिल्लामा माटो अम्लीय बन्ने समस्या उच्च रहेको छ

नाग पन्चमी को पुजामा सिद्धबाबा

                                हेरनुहोस बादर को रमिता 


रक्षाबन्धन का दिन चन्द्र ग्रहण लाग्दै

                           रक्षाबन्धन  का दिन चन्द्र ग्रहण लाग्दै


यो वर्ष श्रावण शुक्ल पूर्णिमा (अरू साल जनै पूर्णिमा) का दिन चन्द्र ग्रहण लाग्दै छ। ग्रहण लाग्नुभन्दा तीन दिन अघिदेखि तीन दिन पछिसम्म सूतक लाग्ने हुँदा उक्त अवधिमा मंगलकार्य गर्न हुँदैन। चन्द्रग्रहण लागेको पूर्णिमा अशुद्ध हुने हुँदा उक्त दिन उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी तथा रक्षाबन्धन गर्न मिल्दैन।

  यस्तो स्थितिमा उपर्युक्त कर्महरू श्रावण शुक्ल पञ्चमीमा गर्नू भन्ने शास्त्रीय नियम रहेको छ। यसर्थ यही नियमअनुसार यस वर्ष नाग पञ्चमीका दिन ऋषितर्पणी तथा रक्षाबन्धन पर्न गएको हो। श्रावणको पूर्णिमामा गरिने अन्य उत्सव, जात्रा, मेलालगायत कृत्यहरूलाई सूतकको दोष नलाग्ने हुँदा साविकमा जस्तै पूर्णिमाकै दिन गर्नुपर्दछ। उक्त पूर्णिमामा चन्द्रग्रहण नदेखिने पश्चिमा मुलुकहरूमा भने ग्रहणको दोष नलाग्ने हुँदा उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी, रक्षाबन्धनलगायत सबै कर्म पूर्णिमाकै दिन गर्नुपर्दछ।

एक दम्पती रुखमा झुण्डिएर गरे आत्महत्या

           एक दम्पती रुखमा झुण्डिएर गरे आत्महत्या

                                                   धुलिखेल नगरपालिका वडा नम्बर ८, बडाल गाँउमा रुखमा झुण्डिएको अवस्थामा सोमप्रसाद बडाल र मनिषा दाहाल फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविन राईले जानकारी दिनुभयो ।उनीहरु एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए । 
बुधबार साँझमा नुहाउन जान्छु भनेर हिँडेका उनीहरु घर नजिकै  रुखमा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको स्थानीय नानीराम धितालले जानकारी दिनुभयो । घरमा जेठी श्रीमती हुँदाहुँदै सोमप्रसादले केही दिनअघि मात्र धुलिखेल नगरपालिका २, रविकी मनिषालाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए । केही दिनअघि कान्छी श्रीमतीको रुपमा मनिषालाई भित्र्याएपछि घरमा झगडा परेको र त्यही विषयलाई लिएर जेठी श्रीमती टिकादेवी बडालले अदालतमा बहुविवाहको मुद्धा हालेपछि सोमप्रसाद र मनिषा दुबै तनावमा रहेको परिवार श्रोतले जनाएको छ । सोमप्रसादको जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन् । मनिषा भने जिल्लाकै काभ्रे क्याम्पसमा कक्षा १२ मा पढ्थिन् ।  प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । अनुसन्धानपछि मात्र घटनाको सत्य तथ्य बाहिर आउने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

फेसबुकको आम्दानी बढ्यो

                           फेसबुकको आम्दानी बढ्यो

सन् २०१७ को दोस्रो त्रैमासिककमा सामाजिक सञ्जाल फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढेको छ।विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने गरेकोले विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका हुन्।
फेसबुकमा अनुसार जुन महिनामा उसका प्रयोगकर्ताको संख्या दुई दशमलब एक अर्व थियो।
फेसबुककका अनुसार गत एप्रलदेखि जुनसम्मको तीन महिनाको अवधिमा उस्को आम्दानी ९.३ अर्व डलर पुगेको थियो।त्यस अवधिमा उसको नाफा ७१ प्रतिशतले बढेको बताइएको छ।" फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले भने"......................................................."यो वर्षको आधा अवधि र पछिल्लो त्रैमासिक हाम्रो लागि राम्रो भएको छ।"फेसबुकका अनुसार इन्स्टाग्रामले पनि वृद्धिमा योगदान दिइरहेको छ। तैपनि फेसबुकको न्यूजफिड नै वृद्धिको लागि सबैभन्दा प्रभावकारी माध्यम साबित भएको छ।

देउवाले गरे मन्त्रिपरिषद् विस्तार, अधिकांश पहिलोपटक मन्त्री

 देउवाले गरे मन्त्रिपरिषद् विस्तार, अधिकांश पहिलोपटक मन्त्री



 प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री भएको ५० दिनपछि देउवाले थप १९ जनालाई बुधबार मन्त्री नियुक्त गर्नुभएको हो ।  बुधबार कांग्रेसबाट १० जना, माओवादीबाट ६, फोरमबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्री थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शथप ग्रहण गराउनुभएको छ । १९ जना थपिएसँगै मन्त्रीपरिषद् २७ सदस्यीय भएको छ । 
बुधबार थपिएका अधिकांश पहिलोपटक मन्त्री भएका हुन् । यसअघि कांग्रेस र माओवादी केन्द्रबाट तीन/तीन जना र नेपाल फोरम लोकतान्त्रिकबाट एक जना नियुक्त हुनुभएको थियो । 
कांग्रेसबाट थपिने मन्त्रीमा यज्ञबहादुर थापाले कानुन मन्त्रालय, वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना, मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार, सञ्जय गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै भीमसेनदास प्रधानले रक्षा, रामकृष्ण यादवले कृषि, राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने भएका छन् । माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 
टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, सन्त चौधरी पशुपन्छी विकास र आशा खनालले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यस्तै फोरम लोकतान्त्रिकबाट जितेन्द्र नारायण देव पर्यटन र गोपाल दहित भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । नेकपा संयुक्तबाट मिथिला चौधरीले वातावरण मन्त्रालय पाउनुभएको छ । 

शुक्रकीट घट्ने क्रमबारे गम्भीर चिन्ता

               

शुक्रकीट घट्ने क्रमबारे गम्भीर चिन्ता




                                    "उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरुको शुक्रकीटको संख्याको झन्डै दुई सय अध्ययनहरुको निस्कर्षको आकलन गरेका अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा पुरुषको शुक्राणुको संख्यामा आधाले कमी आएको हुनसक्ने बताएका छन्।"
तर कतिपय विज्ञहरुले मानव प्रजनन् दरको पछिल्लो निस्कर्षप्रति आशंका व्यक्त गरेका छन्।
प्रमुख अनुसन्धानकर्ता डा. हागाइ लेभिनले पुरुषको शुक्रकीट घट्ने क्रमका कारण भविष्यमा के होला भनेर आफू "निकै चिन्तित" भएको बताए।
अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको नयाँ सोधका क्रममा सन् १९७३ देखि सन् २०११ सम्म गरिएका १८५ वटा अध्ययनका निस्कर्षको विश्लेषण गरिएको बताइएको छ।
एपिडिमिओलोजिस्ट समेत रहेका डाक्टर लेभिनले बीबीसीसँग भने अहिलेको क्रम जारी रहेका मानव जाति नै लोप हुन सक्छ।

'चाखलाग्दो'

"हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छु।"

राजपाभित्र चुनावमा जान दवाव...

राजपाभित्र चुनावमा जान दवाव

संविधान संशोधनलाई शर्तको रुपमा अघि सारेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का पदाधिकारीले स्थानीय चुनावमा सहभागी हुन आफ्नो पार्टी नेतृत्वलाई दवाव दिएका छन्।पार्टीको महत्वपूर्ण बैठकअघि नेतृत्वले गरिरहेको परामर्शका क्रममा पदाधिकारीहरुले संविधान संशोधनलाई चुनावमा सहभागी हुने शर्त बनाउन नहुने सुझाव दिएको नेताहरुले जनाएका छन्। उक्त दलले आउँदो सातादेखि पदाधिकारी र केन्द्रीय समितिको बैठक डाकेको छ।                               संविधान संशोधनको पक्षमा दुई तिहाइ मत पुग्नेमा सत्तापक्ष नै विश्वस्त नदेखिएका बेला त्यसले राजपा नेपालभित्र पनि तीव्र ध्रुवीकरण निम्त्याइदिएको देखिन्छ। नयाँ बहस उक्त दलका कतिपय नेता एमाले संशोधनको विपक्षमा देखिएका बेला राप्रपाको भूमिका समेत स्पष्ट नभएको भन्दै संविधान संशोधनको सम्भावना कमजोर बनेको ठम्याईमा पुगेका छन्। त्यस्तो विचार राख्नेहरु मन्त्रिपरिषद् बैठकबाट शहीद घोषणा, राहत, क्षतिपूर्ति, मुद्दा फिर्ता र स्थानीय तहको संख्या बृद्धि लगायतका माग पुरा गराएर चुनावमा जानु पर्ने पक्षमा देखिएका छन्।

एसएसपी सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखाको जिम्मेवारी

एसएसपी सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखाको जिम्मेवारी

साउन १० – प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखाको जिम्मेवारी दिइएको छ । एसएसपी खनाललाई मंगलबार नै हाजिर हुनेगरी महाशाखा खटाइएको प्रहरी प्रधान कार्यालयको सचिवालयका डिएसपी सविन प्रधानले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार एसएसपी खनाल डिआइजी बढुवामा सिफारिस हुनभएको र ट्राफिक महाशाखाका डिआइजी मिङमार लामा एआइजिमा सिफारिस हुनुभएकाले काजमा खनाललाई ट्राफिक महाखाशा खटाइएको हो । खनललाई महाशाखा खटाइएपछि डिआइजी मिङमार लामालाई प्रहरी निर्देशनालयमा खटाइएको छ । 


ट्राफिक महाशाखामा डिआइजीको दरबन्दी छ । तत्काललाई एसएसपी खनाललाई काजमा ट्राफिक महाशाखाको जिम्मेवारी दिइएको हो ।  

इपिएस भाषा परीक्षाको नतिजा सार्वजानिक, पास भएका झण्डै १९ सय जना कोरिया जान नपाउने

इपिएस भाषा परीक्षाको नतिजा सार्वजानिक, पास भएका झण्डै १९ सय जना कोरिया जान नपाउने



काठमाडौं, साउन १० – आठौं कोरियन भाषा परिक्षाको नतिजा सार्वजानिक भएको छ । मंगलबार सार्वजानिक नतिजाअनुसार १२ हजार १ सय ८ जना उतीर्ण भएका छन् । कृषीतर्फ ७ हजार ५ सय ७८ र उद्योगिक क्षेत्रतर्फ ४ हजार ५ सय ३० जना उतिर्ण भएका हुन् ।
आउँदो वर्ष कोरियाले १० हजार २ सय नेपालीलाई रोजगारीका लागि लैजाने भएपनि सम्मान अंक ल्याउने परीक्षार्थी धेरै भएका कारण मागभन्दा बढि उतिर्ण भएको इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो । मागभन्दा बढि उतिर्ण गराएका कारण १८ सय ९२ जना भने पास भएपनि कोरिया जान नपाउने भएका छन् ।
आगामी वर्षका लागि कृषि क्षेत्रमा ६ हजार २ सय र औधोगीक क्षेत्रमा ४ हजार नेपालीको कोटा रहेको छ । निर्देशक खतिवडाका अनुसार उतिर्ण परीक्षार्थीले स्किल टेष्टबिनै कोरिया जान पाउने छन् । तर स्वास्थ्य परिक्षण, प्रहरी रिपोर्ट, जबएप्लिकेसन फारम भर्ने र अभिमुखीकरण तालिममा भने सहभागी हुनुपर्ने छ । यी प्रक्रियामा सफल भएर रोष्टममा परेका कामदार कोरियाको रोजाईका आधारमा कोरिया जान पाउने छन् । आउँदो फेब्रुअरी देखि ४ समुहमा कोरिया लैजाने इपिएस शाखाले जनाएको छ ।
यसअघि असार दोश्रो हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर केही परीक्षार्थी परीक्षा दिन बञ्चित भएपछि नतिजा साउन ढिला भएको हो ।
७५ हजार पाँच सय ८० जनाले आवेदन दिएपनि परीक्षामा भने झण्डै ६८ हजार सहभागी भएका थिए । इपिएस भाषा परिक्षा उतिर्ण गरेर कोरिया पुग्ने नेपालीको संख्या झण्डै ४७ हजार पुगेको छ ।
नतिजा इपिएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विकास (एचआरडी) को वेवसाइटमा हेर्न सकिन्छ ।