gaai jatraa हेर्नुहोस् बुटवल को गाइजत्त्रा

गुगलमा खलबली

                           गुगलमा खलबली

साउन २३

गुगल कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ । गुगलमा कार्यरत एक सफ्टवेयर इन्जिनियरले एक गोपनिय नोटमा शीर्ष प्राविधिक पदमा महिला नियुक्त नहुनुको कारण पुरुष र महिलाबिच रहेको जैविक अन्तर रहेको उल्लेख गरेका थिए ।
उनले लैंगिक अन्तरलाई लैंगिक विभेदका रुपमा बुझ्न नहुने पनि लेखेका थिए ।उनले लेखेको विचार बाहिरिएपछि अहिले गुगल कम्पनीमा खलबली मच्चिएको छ । धेरैले ति इन्जिनियरको आलोचना गरेका छन् । तर उनले भने गुगलबाट धेरै साथीले आफ्नो विचारप्रति आभार प्रकट गर्दै सन्देश पढाएको बताएका छन् । कम्पनीको इन्टरनल डिस्कशन बोर्डमा पोस्ट गरिएको यो विचार प्रविधि सम्बन्धी वेब साइट गिजमोडोले प्रकाशित गरेको छ । इन्जिनियरको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
जैविक रुपमा महिला र पुरुषबिच रहेको विविधका कारण क्षमता अलग अलग रहने गरेको र यसै कारण प्राविधिक पदको शीर्ष तहमा महिला पुरुष भन्दा निकै रहने गरेको उनले दाबी गरेका छन् ।
पुरुषले कोडिङ्ग क्षेत्रको जागिर रुचाउने गरेको पनि उनले उल्लेख गरेका छन् । यस विषयमा प्रतिक्रिया दिँदै गुगलका नयाँ विविधता (डाइभर्सिटी) उपप्रमुख डेनियल ब्राउनले आफू तथा कम्पनी दुवैले इन्जिनियरको भनाईको समर्थन वा प्रोत्साहन नगर्ने बताए । कम्पनीलाई विविधताले भरिपूर्ण र समावेशी बनाउने प्रयासमा आफूहरु रहेको उनको भनाई छ ।आम रुपमा महिलाले समाज कल्याण वा कला क्षेत्रको तथा पुरुषले कोडिङ्ग क्षेत्रको जागिर रुचाउने गरेको पनि उनले उल्लेख गरेका छन् । यस विषयमा प्रतिक्रिया दिँदै गुगलका नयाँ विविधता (डाइभर्सिटी) उपप्रमुख डेनियल ब्राउनले आफू तथा कम्पनी दुवैले इन्जिनियरको भनाईको समर्थन वा प्रोत्साहन नगर्ने बताए । कम्पनीलाई विविधताले भरिपूर्ण र समावेशी बनाउने प्रयासमा आफूहरु रहेको उनको भनाई छ ।