यो post आफ्ना १० जना मन मिलनी साथीलाईsend गर्नु तपाईं को कामना श्री मनकामना माईले पुरा गर्दीनुहुन्छ


यो  post आफ्ना १० जना मन मिलनी साथीलाईsend  गर्नु तपाईं को कामना श्री मनकामना माईले पुरा गर्दीनुहुन्छ





यो  post आफ्ना १० जना मन मिलनी साथीलाईsend  गर्नु तपाईं को कामना श्री मनकामना माईले पुरा गर्दीनुहुन्छ








निखील र रेखा सम्बन्ध जोड्दै

               निखील र   रेखा सम्बन्ध जोड्दै


भिनेत्री रेखा थापा तथा अभिनेता आर्यन सिग्देलबीचको तिक्तता झन्डै आठ वर्ष चल्यो । कुराकानी त परको कुरा, एक–अर्काको अनुहार समेत हेर्न नरुचाउने रेखा र आर्यन झन्डै आठ वर्षपछि अभिनेता–अभिनेत्रीका रूपमा एउटै चलचित्रमा प्रस्तुत भएका छन्
। यो जोडीलाई रेखाले नै निर्माण गरेको चलचित्र रुद्रप्रियामा देख्न पाइनेछ । रेखाले आर्यनसँगको सम्बन्ध त सुमधुर बनाइन नै अर्का अभिनेता निखिल उप्रेतीसँग बिग्रिएको सम्बन्धलाई समेत सुमुधर बनाउने प्रयास गरेकी छिन् ।थुप्रै वर्षदेखि बोलचालविहीन रेखा र निखिलले अघिल्लो साता काठमाडौंमा आयोजित एक अनौपचारिक समारोहमा अंगालो मार्दै मित्रताको कदम अघि बढाएका हुन् । अघिल्लो बुधबार चलचित्र रुद्रको प्रिमियर शोमा रेखाले अकल्पनिय इन्ट्री मारिन् ।
रेखा आएको खबर पाउने बित्तिकै निखिलले उनलाई पाँचौं तल्लाको लिफ्टको ढोकामै स्वागत गरे ।झन्डै एक दशकपछि रेखा र निखिल एकसाथ क्यामेरामा कैद हुन थाले । पहिलो भेटमै दुबैले एक–अर्काको चलचित्रलाई सफलताको शुभकामना दिए । दुवैले भविष्यमा आफ्नो सम्बन्ध सुमधुर राख्ने वचनबद्धता समेत प्रकट गरेका थिए ।