शुक्रकीट घट्ने क्रमबारे गम्भीर चिन्ता

               

शुक्रकीट घट्ने क्रमबारे गम्भीर चिन्ता




                                    "उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरुको शुक्रकीटको संख्याको झन्डै दुई सय अध्ययनहरुको निस्कर्षको आकलन गरेका अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा पुरुषको शुक्राणुको संख्यामा आधाले कमी आएको हुनसक्ने बताएका छन्।"
तर कतिपय विज्ञहरुले मानव प्रजनन् दरको पछिल्लो निस्कर्षप्रति आशंका व्यक्त गरेका छन्।
प्रमुख अनुसन्धानकर्ता डा. हागाइ लेभिनले पुरुषको शुक्रकीट घट्ने क्रमका कारण भविष्यमा के होला भनेर आफू "निकै चिन्तित" भएको बताए।
अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको नयाँ सोधका क्रममा सन् १९७३ देखि सन् २०११ सम्म गरिएका १८५ वटा अध्ययनका निस्कर्षको विश्लेषण गरिएको बताइएको छ।
एपिडिमिओलोजिस्ट समेत रहेका डाक्टर लेभिनले बीबीसीसँग भने अहिलेको क्रम जारी रहेका मानव जाति नै लोप हुन सक्छ।

'चाखलाग्दो'

"हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छु।"

राजपाभित्र चुनावमा जान दवाव...

राजपाभित्र चुनावमा जान दवाव

संविधान संशोधनलाई शर्तको रुपमा अघि सारेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का पदाधिकारीले स्थानीय चुनावमा सहभागी हुन आफ्नो पार्टी नेतृत्वलाई दवाव दिएका छन्।पार्टीको महत्वपूर्ण बैठकअघि नेतृत्वले गरिरहेको परामर्शका क्रममा पदाधिकारीहरुले संविधान संशोधनलाई चुनावमा सहभागी हुने शर्त बनाउन नहुने सुझाव दिएको नेताहरुले जनाएका छन्। उक्त दलले आउँदो सातादेखि पदाधिकारी र केन्द्रीय समितिको बैठक डाकेको छ।                               संविधान संशोधनको पक्षमा दुई तिहाइ मत पुग्नेमा सत्तापक्ष नै विश्वस्त नदेखिएका बेला त्यसले राजपा नेपालभित्र पनि तीव्र ध्रुवीकरण निम्त्याइदिएको देखिन्छ। नयाँ बहस उक्त दलका कतिपय नेता एमाले संशोधनको विपक्षमा देखिएका बेला राप्रपाको भूमिका समेत स्पष्ट नभएको भन्दै संविधान संशोधनको सम्भावना कमजोर बनेको ठम्याईमा पुगेका छन्। त्यस्तो विचार राख्नेहरु मन्त्रिपरिषद् बैठकबाट शहीद घोषणा, राहत, क्षतिपूर्ति, मुद्दा फिर्ता र स्थानीय तहको संख्या बृद्धि लगायतका माग पुरा गराएर चुनावमा जानु पर्ने पक्षमा देखिएका छन्।

एसएसपी सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखाको जिम्मेवारी

एसएसपी सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखाको जिम्मेवारी

साउन १० – प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखाको जिम्मेवारी दिइएको छ । एसएसपी खनाललाई मंगलबार नै हाजिर हुनेगरी महाशाखा खटाइएको प्रहरी प्रधान कार्यालयको सचिवालयका डिएसपी सविन प्रधानले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार एसएसपी खनाल डिआइजी बढुवामा सिफारिस हुनभएको र ट्राफिक महाशाखाका डिआइजी मिङमार लामा एआइजिमा सिफारिस हुनुभएकाले काजमा खनाललाई ट्राफिक महाखाशा खटाइएको हो । खनललाई महाशाखा खटाइएपछि डिआइजी मिङमार लामालाई प्रहरी निर्देशनालयमा खटाइएको छ । 


ट्राफिक महाशाखामा डिआइजीको दरबन्दी छ । तत्काललाई एसएसपी खनाललाई काजमा ट्राफिक महाशाखाको जिम्मेवारी दिइएको हो ।  

इपिएस भाषा परीक्षाको नतिजा सार्वजानिक, पास भएका झण्डै १९ सय जना कोरिया जान नपाउने

इपिएस भाषा परीक्षाको नतिजा सार्वजानिक, पास भएका झण्डै १९ सय जना कोरिया जान नपाउने



काठमाडौं, साउन १० – आठौं कोरियन भाषा परिक्षाको नतिजा सार्वजानिक भएको छ । मंगलबार सार्वजानिक नतिजाअनुसार १२ हजार १ सय ८ जना उतीर्ण भएका छन् । कृषीतर्फ ७ हजार ५ सय ७८ र उद्योगिक क्षेत्रतर्फ ४ हजार ५ सय ३० जना उतिर्ण भएका हुन् ।
आउँदो वर्ष कोरियाले १० हजार २ सय नेपालीलाई रोजगारीका लागि लैजाने भएपनि सम्मान अंक ल्याउने परीक्षार्थी धेरै भएका कारण मागभन्दा बढि उतिर्ण भएको इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो । मागभन्दा बढि उतिर्ण गराएका कारण १८ सय ९२ जना भने पास भएपनि कोरिया जान नपाउने भएका छन् ।
आगामी वर्षका लागि कृषि क्षेत्रमा ६ हजार २ सय र औधोगीक क्षेत्रमा ४ हजार नेपालीको कोटा रहेको छ । निर्देशक खतिवडाका अनुसार उतिर्ण परीक्षार्थीले स्किल टेष्टबिनै कोरिया जान पाउने छन् । तर स्वास्थ्य परिक्षण, प्रहरी रिपोर्ट, जबएप्लिकेसन फारम भर्ने र अभिमुखीकरण तालिममा भने सहभागी हुनुपर्ने छ । यी प्रक्रियामा सफल भएर रोष्टममा परेका कामदार कोरियाको रोजाईका आधारमा कोरिया जान पाउने छन् । आउँदो फेब्रुअरी देखि ४ समुहमा कोरिया लैजाने इपिएस शाखाले जनाएको छ ।
यसअघि असार दोश्रो हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर केही परीक्षार्थी परीक्षा दिन बञ्चित भएपछि नतिजा साउन ढिला भएको हो ।
७५ हजार पाँच सय ८० जनाले आवेदन दिएपनि परीक्षामा भने झण्डै ६८ हजार सहभागी भएका थिए । इपिएस भाषा परिक्षा उतिर्ण गरेर कोरिया पुग्ने नेपालीको संख्या झण्डै ४७ हजार पुगेको छ ।
नतिजा इपिएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विकास (एचआरडी) को वेवसाइटमा हेर्न सकिन्छ ।