रक्षाबन्धन का दिन चन्द्र ग्रहण लाग्दै

                           रक्षाबन्धन  का दिन चन्द्र ग्रहण लाग्दै


यो वर्ष श्रावण शुक्ल पूर्णिमा (अरू साल जनै पूर्णिमा) का दिन चन्द्र ग्रहण लाग्दै छ। ग्रहण लाग्नुभन्दा तीन दिन अघिदेखि तीन दिन पछिसम्म सूतक लाग्ने हुँदा उक्त अवधिमा मंगलकार्य गर्न हुँदैन। चन्द्रग्रहण लागेको पूर्णिमा अशुद्ध हुने हुँदा उक्त दिन उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी तथा रक्षाबन्धन गर्न मिल्दैन।

  यस्तो स्थितिमा उपर्युक्त कर्महरू श्रावण शुक्ल पञ्चमीमा गर्नू भन्ने शास्त्रीय नियम रहेको छ। यसर्थ यही नियमअनुसार यस वर्ष नाग पञ्चमीका दिन ऋषितर्पणी तथा रक्षाबन्धन पर्न गएको हो। श्रावणको पूर्णिमामा गरिने अन्य उत्सव, जात्रा, मेलालगायत कृत्यहरूलाई सूतकको दोष नलाग्ने हुँदा साविकमा जस्तै पूर्णिमाकै दिन गर्नुपर्दछ। उक्त पूर्णिमामा चन्द्रग्रहण नदेखिने पश्चिमा मुलुकहरूमा भने ग्रहणको दोष नलाग्ने हुँदा उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी, रक्षाबन्धनलगायत सबै कर्म पूर्णिमाकै दिन गर्नुपर्दछ।

एक दम्पती रुखमा झुण्डिएर गरे आत्महत्या

           एक दम्पती रुखमा झुण्डिएर गरे आत्महत्या

                                                   धुलिखेल नगरपालिका वडा नम्बर ८, बडाल गाँउमा रुखमा झुण्डिएको अवस्थामा सोमप्रसाद बडाल र मनिषा दाहाल फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविन राईले जानकारी दिनुभयो ।उनीहरु एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए । 
बुधबार साँझमा नुहाउन जान्छु भनेर हिँडेका उनीहरु घर नजिकै  रुखमा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको स्थानीय नानीराम धितालले जानकारी दिनुभयो । घरमा जेठी श्रीमती हुँदाहुँदै सोमप्रसादले केही दिनअघि मात्र धुलिखेल नगरपालिका २, रविकी मनिषालाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए । केही दिनअघि कान्छी श्रीमतीको रुपमा मनिषालाई भित्र्याएपछि घरमा झगडा परेको र त्यही विषयलाई लिएर जेठी श्रीमती टिकादेवी बडालले अदालतमा बहुविवाहको मुद्धा हालेपछि सोमप्रसाद र मनिषा दुबै तनावमा रहेको परिवार श्रोतले जनाएको छ । सोमप्रसादको जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन् । मनिषा भने जिल्लाकै काभ्रे क्याम्पसमा कक्षा १२ मा पढ्थिन् ।  प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । अनुसन्धानपछि मात्र घटनाको सत्य तथ्य बाहिर आउने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

फेसबुकको आम्दानी बढ्यो

                           फेसबुकको आम्दानी बढ्यो

सन् २०१७ को दोस्रो त्रैमासिककमा सामाजिक सञ्जाल फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढेको छ।विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने गरेकोले विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका हुन्।
फेसबुकमा अनुसार जुन महिनामा उसका प्रयोगकर्ताको संख्या दुई दशमलब एक अर्व थियो।
फेसबुककका अनुसार गत एप्रलदेखि जुनसम्मको तीन महिनाको अवधिमा उस्को आम्दानी ९.३ अर्व डलर पुगेको थियो।त्यस अवधिमा उसको नाफा ७१ प्रतिशतले बढेको बताइएको छ।" फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले भने"......................................................."यो वर्षको आधा अवधि र पछिल्लो त्रैमासिक हाम्रो लागि राम्रो भएको छ।"फेसबुकका अनुसार इन्स्टाग्रामले पनि वृद्धिमा योगदान दिइरहेको छ। तैपनि फेसबुकको न्यूजफिड नै वृद्धिको लागि सबैभन्दा प्रभावकारी माध्यम साबित भएको छ।