एसएसपी सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखाको जिम्मेवारी
साउन १० – प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखाको जिम्मेवारी दिइएको छ । एसएसपी खनाललाई मंगलबार नै हाजिर हुनेगरी महाशाखा खटाइएको प्रहरी प्रधान कार्यालयको सचिवालयका डिएसपी सविन प्रधानले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार एसएसपी खनाल डिआइजी बढुवामा सिफारिस हुनभएको र ट्राफिक महाशाखाका डिआइजी मिङमार लामा एआइजिमा सिफारिस हुनुभएकाले काजमा खनाललाई ट्राफिक महाखाशा खटाइएको हो । खनललाई महाशाखा खटाइएपछि डिआइजी मिङमार लामालाई प्रहरी निर्देशनालयमा खटाइएको छ ।ट्राफिक महाशाखामा डिआइजीको दरबन्दी छ । तत्काललाई एसएसपी खनाललाई काजमा ट्राफिक महाशाखाको जिम्मेवारी दिइएको हो ।

No comments:
Post a Comment