रक्षाबन्धन का दिन चन्द्र ग्रहण लाग्दै
रक्षाबन्धन का दिन चन्द्र ग्रहण लाग्दै
यो वर्ष श्रावण शुक्ल पूर्णिमा (अरू साल जनै पूर्णिमा) का दिन चन्द्र ग्रहण लाग्दै छ। ग्रहण लाग्नुभन्दा तीन दिन अघिदेखि तीन दिन पछिसम्म सूतक लाग्ने हुँदा उक्त अवधिमा मंगलकार्य गर्न हुँदैन। चन्द्रग्रहण लागेको पूर्णिमा अशुद्ध हुने हुँदा उक्त दिन उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी तथा रक्षाबन्धन गर्न मिल्दैन।
यस्तो स्थितिमा उपर्युक्त कर्महरू श्रावण शुक्ल पञ्चमीमा गर्नू भन्ने शास्त्रीय नियम रहेको छ। यसर्थ यही नियमअनुसार यस वर्ष नाग पञ्चमीका दिन ऋषितर्पणी तथा रक्षाबन्धन पर्न गएको हो। श्रावणको पूर्णिमामा गरिने अन्य उत्सव, जात्रा, मेलालगायत कृत्यहरूलाई सूतकको दोष नलाग्ने हुँदा साविकमा जस्तै पूर्णिमाकै दिन गर्नुपर्दछ। उक्त पूर्णिमामा चन्द्रग्रहण नदेखिने पश्चिमा मुलुकहरूमा भने ग्रहणको दोष नलाग्ने हुँदा उपाकर्म, स्वाध्याय, ऋषितर्पणी, श्रावणी, रक्षाबन्धनलगायत सबै कर्म पूर्णिमाकै दिन गर्नुपर्दछ।
No comments:
Post a Comment