साथीको प्रगति देख्न नसकेपछि बालकको अपहरण गरेँ राजु
साथीको प्रगति देख्न नसकेपछि बालकको अपहरण गरेँ राजु
पाँच वर्षे बालक अपहरण गर्ने राजु विश्वकर्मा पक्राउ परेका छन् । प्रहरीले उनलाई उदयपुरको गाईघाटबाट पक्राउ गरेको हो ।क्षेत्रपाटीबाट अपहरणमा परेका साढे ५ वर्षका बालक विशाल चौधरीलाई गएको सोमबार प्रहरीले भक्तपुरको काडाँघारीबाट सकुशल उद्धार गरेको थियो ।
महानगरीय अपराध महाशाखाको टोलीले बालक अपहरणको १० औं दिन अपहरणका मुख्य योजनाकारसहित १० जनालाई नै पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बालकका बुबाका बाल्यकालदेखिका साथी राजु विश्वकर्मा र उनका साथी विष्णु पाण्डे छन् । विश्वकर्मा रामेछापको मन्थली नगरपालिका-१२ का हुन् । उनी बिशालका बुबा विजयका साथी हुन् । उनले बालक अपहरण गर्नको कारण साथीको प्रगति देखेर डाहा लागेकाले अपपरहण गरेको प्रहरी समक्ष बयान दिएका छन् । उनीहरुलाई पक्राउ गरी अपराध महाशाखाले शनिबार सार्वजनिक गरेको हो । छोरा अपहरण गरेको बेला पनि बिक र र बालकको बुबा विजय सँगै थिए । उनी बालक अपरहण भएको भन्दै अब स्कुल नै जलाउनु पर्छ भन्दै विजयलाई उकास्ने गर्थे । अपहरणकारीको सिसी टिभि फुटेज हेर्दा चिनजानकै मान्छे देखेपछि प्रहरीले बिकलाई शंका गरी अनुसन्धान गरेको थियो । पछि भिनाजु पर्नेको मोबाइलबाट बिकले फोन गरी ५० लाख मागेका थिए । पछि उनी मोबाइल अफ गरी फरार भएका थिए । अपहरणमा सहयोग गरेका पाण्डेले आफ्नी दिदीको गोठाटारको घरमा लगेर बालकलाई राखेका थिए । उनीहरुले विजयसँग पैसा असुल्ने र बाँड्ने योजना बनाएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख तथा एसएसपी दिनेश अमात्यले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । प्रहरीले बालकको खोजी तीव्र पारेपछि उनीहरु सोमबार बालकलाई काँडाघारीमा छाडेर वेपत्ता भएका थिए । वेपत्ता भएका उनीहरुको मोबाइल ट्याक प्रहरीले गरेको थियो । बेला बेलामा मोबाइल अन गर्ने र कुरा सकिएपछि अफ गर्ने गर्थे । मोबाइल ट्याकबाटै उनीहरुको लोकेशन पत्ता लगाएपछि अपराध महाशखाको प्रहरीको टोली उदयपुर हान्निएको थियो । र महाशाखाबाट गएको प्रहरी टोली, रामेछाप र उदयपुर प्रहरी मिलेर बिक र पाण्डेलाई पक्राउ गरिएको हो । पक्राउ परेका बिकले साथीको प्रगति गरेको देख्न नसकेपछि अपहरण गरेको बताएका छन् । विजय र बिक कक्षा १ देखिका साथी हुन् । सँगै पढेको साथीले यसरी आफ्नो छोरो अपहरण गर्ला भनेर आफैले सोच्न समेत नसकेको बालकका बुबा विजयले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अपहणकारी पक्राउ पर्नुमा बालकले दिएको बयान पनि महत्वपूर्ण भएको प्रहरीले जनाएको छ । बालकले दिएको लोकेशन अनुसार धेरै सफलता मिलेको प्रहरीले बतायो । बालकको बयान अनुसार विकका आफन्त ९ जनाको घरमा गएरसमेत प्रहरी अनुसन्धान गरेको थियो ।
No comments:
Post a Comment