कहिल्यै नमर्ने जीव पत्ता लाग्यो?
साउन १८, काठमाडौं । वैज्ञानिकहरुले संसारमै कहिल्यै नमर्ने जीवको बारेमा पत्ता लगाएका छन् । उक्त जीवको नाम हो टार्डिग्रेड। यो सूक्ष्मजीवको आठ वटा खुट्टा हुन्छ ।
एक मिलिमीटर वा त्योभन्दा पनि सानो हुने यो जीवमा रेडिएशन, एकदमै चिसो, सुख्खा मात्रै नभई अन्तरिक्षमा समेत बाच्न सक्ने क्षमता रहेको हुन्छ।अनुसन्धानकर्ताका अनुसार यस टार्डिग्रेड्सका दुई प्रजातिका डिएनए डिकोड गरेर हेर्दा उक्त जीवले डरलाग्दो खडेरीबाट पनि आफ्नो शरीर बचाइराख्छ र त्यसपछि फेरी जीउँदो हुन्छ । पीएलओएस बायोलजी नामक जर्नलमा प्रकाशति रिपोर्ट अनुसार सबै ठाउँमा कुसलपूर्वक बाँच्न सक्ने यो जीवलाई पृथ्वीकै सबैभन्दा कडा क्षमता भएको र नमर्ने जीवको रुपमा उल्लेख गरिएको छ।यो जीवलाई पानीको भालू समेत भन्ने गरिन्छ।यसले पृथ्वीमा आउने जस्तोसुकै आपत्तिमा समेत आफ्नो ज्यान बचाउन सक्ने अनुसन्धानकर्ताहरुको दावी छ।यो जीव पानीमा बस्छ र यो पानीले भरिएको खाल्डो र दलदलमा पाइन्छ । जब त्यस्ता खाल्डो र पोखरीमा पानी सुक्छ तब यसले आफ्नो शरीरलाई बचाइराख्छ र कयौँ वर्षपछि जब त्यहाँ फेरी पानी पर्छ तब यसले फेरी जिउँदो हुने क्षमताको विकास गर्छ । यसले आफ्नो शरीरमा सबै मौसममा बाच्न सक्ने क्षमताको विकास गर्दछ।अनुसन्धानमा संलग्न लेखक तथा यूनिभर्सिटी अफ एडिनबर्गका प्रोफेसर मार्क ब्लैक्स्टर भन्छन् – “नयाँ प्रकारको अनुसन्धानमा जीवको जेनेटिकको कारणले यस्तो भएको हो। यसको जीनमा अद्भूत क्षमता हुन्छ जसले सबै ठाउँमा आफ्नो अस्तित्व बचाउन सफल हुन्छ । “वैज्ञानिकहरुको अनुसार यस जीवको जीन अति नै सक्रिय हुन्छ जसले शरीरका कोषहरुमा पानीको स्थान लिन्छ र यसैगरी रहिरहन्छ तर जब केही महिना वा वर्ष पश्चात जब फेरी पानी मिल्छ तब यसले आफ्ना् कोषिकाहरुलाई पानीले भर्छ ।वैज्ञानिकहरुले यस जीवको जन्मजात क्षमतालाई बुझ्न सके यसले मानिसलाई फाइदा हुनसक्ने अनुमान गरेका छन् ।
No comments:
Post a Comment